भिमाद सञ्चार

तनहुँ जेष्ठ १९

नारायणहिटी दरबार ह”त्या”काण्ड भएको आज २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

राजदरबार ह”त्या”काण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

 

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको ह”त्या”काण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।