भिमाद सञ्चार

तनहुँ जेष्ठ २०

आत्मनिर्भर हुनुमा आफैमा राम्रो कुरा हो । लम्जुङ्गको घले गाउँको लोभलाग्दो होमस्टे  कार्यक्रमबाट नेपालका हरेक गाउँहरुले केही सिक्नुपर्ने देखिन्छ ।  सुरुवाती अवस्थामा जीविकोपार्जन कै लागि सदरमुकाम हानिएका महिलाहरू पछिल्लो समय आफ्नै गाउँमा फर्किन थालेका छन् । गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएपछि गाउँ फर्किएर होमस्टेको थालनी गर्ने महिलाहरूको संख्यामा वृद्धि भएको क्व्होसोथार गाउँपालिकाका अध्यक्ष एवं होमस्टेका योजनाकार प्रेम घलेले बताए ।

उनका अनुसार सामान्य अवस्थामा पनि एउटा महिलाले मासिक ५० देखि ६० हजारको हाराहारीमा कमाई गर्न थालेका छन् । होमस्टेकी सञ्चालक विमाया घलेले पाहुना आउँदा गाउँका सबै महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकता भएको छ । उनका अनुसार महिलाहरूमा होमस्टे चलाउन थालेपछि सबैमा समतामूलक समाजको निर्माण गराउनमा सघाउ र समुदायमा आत्मसम्मन को साथमा आत्म निर्भर भएर बाच्न थालेको छन्  ।