1. तनहुँको भिमाद नगरपालिका वडा नं ५ स्थित झकाश घाटबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्दै गरेको अवस्थामा ४ वटा टिपर र १ वटा जेसीवि लाई नियन्त्रणमा लिईएको छ । सोमवार दिउसो २ वजे इलाका प्रहरी कार्यालय भिमादले नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सुवेदी कन्स्ट्रक्सनका लु १ क ३८३८ , लु १ क ४०६६ , लु १ क ३८३९ , लु १ क ३८३७ नम्बर रहेको ४ वटा टिपर र जेसिविलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख युवराज सलामि मगरले जानकारी दिनुभयो ।

भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर थापाले बारम्बार उत्खनन रोकथामको प्रयास गरेतापनि लुकिछिपि उत्खनन् गर्दै आएको उहाँले बताउनु भयो । मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन रोक्नको लागि भिमाद नगरपालिकालाई बारम्बार ताकेता गर्दा समेत सुनुवाई नभएको उहाँले बताउनु भयो ।

 

 


i