भिमाद सञ्चार

तनहुँ जेष्ठ २३ सोमबार

लामो समय देखि खानेपानीको समस्या रहदै आएको भिमाद नगरपालिका ७ सिस्नेरी राजढुंगा नयाँवस्तिका ६५ घर धुरीका बासिन्दाले खानेपानी पिउन पाउने भएका छन्  ।

नव निर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठ सोमबार उक्त खानेपानीको समस्याको निरीक्षण गर्दै जादा सिस्नेरी बासीले लामो समय खर्चिएर  भागरवाट पानी बोकेर पिउनु परेको जनगुनासो व्यक्त गरेको बताए ।

भिमाद नगरपालिका ७ का वडा बासी शुद्ध पिउने पानीको पहुँचबाट कोहीपनी बन्चित हुन नपर्ने भन्दै १५ दिन भित्रमा सबैले शुद्ध पिउने पानीको सुबिधा  घर-घरबाटै उपभोग गर्न पाउने जानकारी गराए ।