भिमाद सञ्चार

तनहुँ जेष्ठ २५

धेरै जनप्रतिनिधिहरु अझै बधाइ तथा खादा थापेरै सकेका छैनन तर काठमाडौ का मेयर बालेन्द्र बन्चरे डाडा धाउदै फोहोर ब्यबस्थापन मा जुटेका छन भने धरान का मेयर हर्क सेम्पाङ पनि निर्वाचन को नतिजा आएको भोलिपल्टै कुचो लिएर सडकमा उत्रेका थिए ।

त्यस्तै झै यहाँ भिमाद नगरपालिका वडा न १ बाट अध्यक्ष जितेका दिपक आलेपनी बेल्चा लिएर आफै सडकमा उत्रेका छन् ।

बडहर भञ्ज्याङ् काउले हुँदै मिया गाउँ हुँदै गएको रिङ्गरोड को मिया गाउको खन्ड बाइक तथा गाडी हिड्नै नमिल्ने गरि हिलाम्मे भएपछी नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष जितेका दिपक आले आफै बेल्चा बोकेर मिया गाउको रोड बनाउन गएका हुन ।

उनी सगै वडा सदस्य कोपिला अर्याल नेपाली काङ्ग्रेस वडा कार्यबहाक सभापति नर बहादुर थापा युवा नेता माधब लम्साल लगायत ले साथ दिएका थिए ।
यस वडा २०७४ को स्थानीय निकायको निर्वाचन मा एमालेले जितेको थियो भने अहिले वडा अध्यक्ष नेपाली काङ्ग्रेस बाट दिपक आले बिजयी भएका हुन भने बाकी चार सदस्य भने एमाले ले जितेको हो ।