भिमाद सञ्चार

तनहुँ २७ जेष्ठ

बिहिवार राति गएको अविरल बर्षको कारण  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा सडक भासिएर सडक अवरुद्द भएपछि गोरखाका एक सिकिस्त बिरामीलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । गोरखा बारपाक निवासी ५२ बर्षीय शम्सेर गुरुङ्गलाई प्रेसरले हानेपछि उपचारको लागि काठमाण्डौं लगिएको हो ।

सडक भासिएर पूर्ण रुपमा सडक अवरुद्द भएपछि गम्भीर प्रकृतिका बिरामी गुरुङ्गलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको हो । आँबुखैरेनीमा मौसम खराबका कारण ल्याण्ड गर्न नसकेपछि तनहुँको सदरमुकाम दमौलीको खुलाचौरमा हेलिकप्टर ल्याण्ड गरी बिरामीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त पृथ्वीराज मार्ग खण्डको सडक भासिदा बा १० च ४६७९ नम्बरको कार मर्स्याङ्ग्दी नदिमा खसेर पुरिदा २ जनाको  मृत्यु भएको  मृतकको नेपाली सेना र सशस्त्र प्रहरिको टोलीले निकालेको छ । मृत्यु हुनेमा गोरखा छोप्राक घर भइ हाल आंंबुखैरेनी गाउँपालिका २ बस्ने ३५ वर्षिय केशव घिमिरे रहेको र अर्का मृतकका भने पहिचान खुल्न बाकि रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।