भिमाद सञ्चार
तनहुँ २७ जेष्ठ

बिहिवार राति गएको अविरल बर्षको कारण  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ साखर ड्याममा सडक भासिएर सडक अबरुद्ध भएको हो । उक्त सडक अबरुद्ध कारण सवारी आवातजावत ठप्प भएको थियो ।

पहिरोले पुर्‍याएको क्षतिको स्थलगत अवस्था अनुगमन ब्यबस्थापन र निर्देशनका लागी गण्डकी प्रदेशका माननीय आन्तरिक मामिला मन्त्री डोवाटे वि.क शुक्रबार दिउसो २ पच्चीसमा उक्त स्थानमा पुगेका छन् ।

मन्त्रीले बाटो खुलाउन  तनहुँ सडक डिभिजन कार्यलयलाई आग्रह गराई सकेको र ब्रेकरले भित्तो खोल्ने कार्य भई सकेको, थप बाटो खुलाउने कार्यको सहयोगको लागि थप क्षमताको मेसिन र प्राविधिक सहितको टोलिलाई सडक डिभिजन हेटाैडालाई जानकारी गराई बाटोमा आउदै गरेको पनि स्रोतले जानकारी गराएको छ ।