अमृत परियार , जेष्ठ २८

रोट्रयाक्ट क्लब अफ भिमादले भिमाद नगरपालिका वडा नं १ किहु मियाँगाउ स्थित मर्दशा गौसिया प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई शैक्षिक तथा स्टेशनरी सामाग्री वितरण गरेको रोट्रयाक्ट क्लब अफ भिमादले जानकारी दिएको छ ।

 

अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका पोखरा महानगरपालिका वडा नं २७ निवासी रोशन सापकोटाले सम्पूर्ण सामाग्री सौजन्य गरेका थिए । आर्थिक अवस्था कमजोर हुनुको कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने सापकोटाले बताए । सो अवसरमा उनले सरकारले शिक्षा , स्वास्थ्य , रोजगारी जस्ता आधरभूत कुराहरूबाट कहिकसैलाई वञ्चित गराउन नहुने बताएका थिए ।

 

लामो समयदेखि सामाजिक कार्यमा अग्रसर हुँदै आई रहेको रोट्रयाक्ट क्लब अफ भिमाद आगामी दिनहरुमा पनि सामाजिक हितको लागि तत्पर रहने क्लबका अध्यक्ष दिपेन्द्र भण्डारीले बताए ।

 

शैक्षिक तथा स्टेशनरी सामाग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इसुफ दिन मियाँ र प्रधानाध्यापक तौरन मियाँले रोट्रयाक्ट क्लब अफ भिमादको सहयोगले विद्यार्थीहरुलाई पठनपाठनमा धेरै राहत हुने बताएका थिए ।