भिमाद सञ्चार

तनहुँ जेष्ठ २८

बिगत १२ बर्ष  देखि कुवेतमा रहेर कामगर्दै आएका भिमाद ७ मसर डाँडा घर भएका मङगले कामी गत पाँच महिना देखि सम्पर्क बिहिन भएका छन्  ।

उनी २०७७ साल चैत्र महिनामा अन्तिम छुट्टी आएर पुन कुवेत फर्किएका  र कुवेत फर्किए लगतै कोरोनको कारण आफुले काम गर्दै आईरहेका कम्पनी टुटेपछि भागेर काम गर्दै आएका थिए  । मङलेको स्वस्थ्यमा   ब्लड  प्रेसर,जन्दिस र पेटमा समस्य रहेको र लामो समय देखि औषधि लिदै आएका थिए । परिवारले  घरबाट २०७८ पौष महिनमा उपचारको लागि र नेपाल आउनको लागि वडाबाट  सिफारिस चाहिने बताए पछि एक लाख रकम र सिफारिस पठाएको परिवारले बताएका छन्  ।

उनका घरमा श्रीमती  दुई छोरा  र  एक छोरी रहेका छ्न । परिवारले कुवेतमा कार्यरत नेपालीहरुमा निजलाई  चिन्नुहुने  नचिन्नुहुने नेपालीहरुमा यो खबरलाई  कुवेत राजदुतावास सम्म पुर्‍याउन  सहयोग गरिदिन पनि अपिल गरेका छन ।

https://www.youtube.com/watch?v=G3-k_0kulkI