भिमाद सञ्चार

तनहुँ जेष्ठ ३१

२०७९ जेष्ठ २३ सोमबार राती ११:३० बजेको समय देखि सम्पर्क बिहीन तनहुँका एक युवक आठ  दिन बिती सक्दा पनि सम्पर्कमा आउन सकेका छैनन् ।

तनहुँ जिल्ला साविक राम्जाकोट ५ स्थायी घर भई हाल दमौलीमा बस्दै आएका रामकुमार श्रेष्ठ स्वास्थ्यमा समस्या आई अचेत अवस्थामा सम्पर्क बिहीन भएका हुन् । उनको आफन्तजन,इष्टमित्र,शुभचिन्तकहरुले तीव्र रुपमा खोजी कार्य गर्दै आएका छन् ।

एकाएक श्रेष्ठ सम्पर्क बिहीन भएपछि परिवारजन चिन्तित भएका छन् । उक्त तस्बीर भएको व्यक्ति कोही कसैले भेट्नु भएमा नजिकको प्रहरी कार्यालयमा वा सम्पर्क ९८४२२६८७२०, ९८०७२५७७८५, गरिदिन आग्रह गरिएको छ ।