भिमाद सञ्चार

तनहुँ जेष्ठ ३१

तनहुँमा  मङ्गलबार  दिउँसो ४ बजे चितुवाको आक्रमणमा परी बालको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका -१ बस्ने प्रेमबहादुर  मगरको पाँच वर्षीय छोरा सुप्रिम रिलामी मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी गराए ।

प्रेम बगालेका छोरा सुप्रिमलाई घरमै आएर चितुवाले आक्रमण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिएका हुन ।

‘आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको हो । घरभन्दा दुई सय मिटर माथि छापेली सामुदायिक वनमा बालकको शव भेटिएको थियो । आधा घण्टापछि बालकको शव भेटिएको हो ।

उक्त क्षेत्रमा शनिबार राती र आइतबार बिहान पनि चितुवाको आक्रमण परी दुई जना घाइते भएका थिए । जिल्लामा सुप्रिम सहित पछिल्लो चार वर्षको अवधिमा १२ बालबालिकाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।