भिमाद सञ्चार

तनहुँ असार १

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि लागु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम तनहुँको  व्यास–२ दमौली  स्थित सत्यवती माध्यमिक विद्यालयमा सुरु गरेको हो  ।

सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम तनहुँको एक समुदायिक विद्यालयमा सुरु भएको छ ।
तनहुँमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने सत्यवती पहिलो विद्यालय हो । विद्यालयले विएससी नर्सिङ उतिर्ण सुनिता जोशी मार्फत नर्सिङ सुविधा प्रदान गर्ने भएको हो ।

विद्यालयले उपचारका लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरु धेरै भएकोले विद्यार्थीहरु विरामी र घाईते भइरहने हुनाले उपचार सहज बनाउन विद्यालयमा नर्स राखिएको विद्यालयय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिए  ।

विद्यालय नर्सले सेवा दिने र परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको अध्यक्ष काफ्लेले बताए । ‘दुई हजार ७ सय विद्यार्थी अध्ययन गर्ने भएकोले विरामी भईरहेकाले नर्सको अभाव महशुस भई नियुक्त गरेका हौं’ अध्यक्ष काफ्लेले भने ।
विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा अन्य स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र स्वास्थ्य सचेतना दिने लगायतका उद्धेश्यले नर्स राखिएको प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिए  ।