भिमाद सञ्चार
तनहुँ २असार
भिमाद नगरपालिका वडा न ५ कपार्दिमा रहेका १४ घर धुरी बाढी पहिरोको अति जोखिममा रहेका छन् । जेष्ठ ३० गते देखि अविरल परेको बर्षको कारण वन्ट्याङ्ग खोलाले ठुलो परिमाणमा कटान गरे संगै बस्ती जोखिममा परेको हो ।
मौसमी बर्षको समय अझै बाकी रहेको हुँदा स्थानीयले बाढी र पहिरोको उच्च जोखिम रहेकोको गुनासो गरेपछी भिमाद नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष पदम बहदुर थापा र भिमाद नगरपालिकी कार्यपालिका सदस्य संगीता बि क को टोलीले बुधबार निरीक्षण गरेका छन् । उक्त बस्तिको तत्कालीन अवस्थाको जोखिम न्यूनीकरणको लागि वडाबाट तत्कालै तटबन्ध गरिदिने बताए थापाले बताएका छन् ।
कपर्दीमा पहिले देखिनै बाढी पहिरोबाट उच्च जोखिमको अवस्थमा रहेको बस्ती मानिदै आएता पनि हिउदको समयमा आफू बस्दै आएको बस्तिको संरक्षण र भैपरी आउने जोखिम न्यूनीकरणको लागि सम्बन्धित निकय तर्फ आफ्न कुराहरु स्पस्टसङ राख्न नसक्दा पनि आपतकालीन अवस्थामा हार गुहार गर्नुपरेको कार्यपालिका सदस्य बि क ले बताएकि छन् ।