भिमाद सञ्चार

तनहुँ असार ३
भिमाद नगरपालिका वडा नं ६ र ५ जोड्ने शृङ पथ मोटर मार्ग अबरुद्ध भएको छ । अविरल परेको बर्षको कारण तनहुँ भिमादको पुरानो स्कुलको आसपासमा भएर बग्ने बुडुवा खोलाले उक्त मोटरेवल पुलमा क्षती पुराको हो ।

पुलमा समस्य भने नौलो र आजको मात्रै नभै बिगत देखिकै रहेको स्थानीयहरुको भनाई रहेको छ । बिगत १० बर्ष देखि यस विषय प्रति पटक पटक सम्वन्धित सरोकार वालाहरुलाई जानकारी गराउदै आएता पनि कुनै चासो नदेखाएको स्थानीय बताउछन । पुल सानो र सागुरो भई वर्षमा बुडुुवा खोला बडेर आए संगै पुलमा रुख बुट्यानहरुले बारीदीदा खोला थुनिना पुगी पुरानो स्कुल क्षत्र पटक पटक डुवनमा पर्दै आएको समस्य स्थानीय बताउछन ।

भिमादको पुरो स्कुल नजिकैको पुल बाढीले क्षती पुराए पछि शृङ पथ मोटर मार्ग अवरुद्ध भएको छ । बैकल्पीक बाटो प्रयोग गर्न ईलका प्रहरी कार्यलय भिमादले निर्देशन गरेको छ । बैकल्पीक बाटोको लागि भने भिमादको मालेबगर भएर भिमाद ५ को २८ फाट हुदै भिमाद नगरपालिका ५ कुलमा डाँडा निस्केर सवारी आवत जावत गर्नु पर्ने भएको छ ।