• रोट्रयाक्ट क्लब अफ भिमादले आयोजना गरेको प्रथम मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता २०७९ सम्पन्न भएको छ । शुक्रबार आयोजना गरिएको प्रतियोगितामा भिमाद नगरपालिका भित्रका ६ वटा विद्यालयको सहभागिता रहेको थियो । सो प्रतियोगितामा भिम मेमोरियल आवासीय माध्यमिक विद्यालय भ प्रथम , जनज्योति माध्यमिक विद्यालय दृतिय र धर्म माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रथम दृतीय र तृतीय हुने विद्यालयले क्रमशः ५ हजार , ३ हजार र २ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेको रोट्रयाक्ट क्लब अफ भिमादका वर्ष २०२२/२३ का अध्यक्ष विनोद पराजुलीले जानकारी दिए । विजेता विद्यार्थीहरुलाई भिमाद नगरपालिकाका शिक्षा शाखा प्रमुख पद्मराज आचार्य , समाजसेवी खिमकान्त पराजुली , चुडामणि खनाल , जनज्योति क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।