भिमाद सञ्चार

तनहुँ असार ५

नेपाली साँगीतिक फाँटमा लाेक दाेहाेरी गीतकाे माग र क्षेत्र दिनानु दिन फराकिलो हुँदै गईरहेकाे छ । यही परिवेशमा दिनदिनै नयाँ-नयाँ कलाकारकाे पनि आगमन भैरहेको छ । नेपाली माैलिकता, नेपाली परिवेश तथा नेपाली माटाे सुहाउँदो गीत साँच्चिकै लाेक दाेहाेरी गीत नै हाे भन्दा दुईमत नहाेला ।
यही लाेक दाेहाेरी गीत संगीतकाे भिडमा छुटाउनै नहुने नाम हाे माेहन वि क । उसाे त नेपाली साँगीतिक फाँटमा माेहन वि क त्यति अपरिचित र पुरानो नाम भने हाेईन । तनहुँ जिल्ला स्थित व्यास न. पा. वार्ड नं. ११ निवासी उनै माेहनले मारेउ मलाई आफू बाँचेर, फलाम गल्यो समाज गलेन, गाजलु, जाले रुमाल, जिन्दगी को कुनै मोडमा, नालायक, अभाब, सास्ती, कात्रो, रुन्छ मन याे लगायतका एल्बम बजारमा ल्याई सकेका छन् ।

यी एल्बमका गीत हरुमा शब्द भर्ने, सँगीत सृजना गर्ने, तथा कुनै न कुनै हिसाबले संलग्न भएका उनै माेहनद्वारा सँगीत सृजना गरिएकाे अर्को गीति एल्बम भाग्य रेखा बजारमा आएकाे छ । याेग्सना डिजिटल सँगकाे सहकार्यमा श्याम सेन्चुरी र बिकास जि एम काे प्रस्तुति रहेकाे गीतमा गणेश अधिकारी, माेहन वि क र कमला पाखरेल काे स्वर रहेकाे छ । बिनाेद बाजुरालीकाे एरेन्ज तथा खडक बाजुरालीकाे मिक्सीङ रहेकाे यस गीतका शब्द श्याम र बिकास स्वयमले लेखेका हुन ।

विभिन्न रमणीय र मनमाेहक स्थानमा छायांकन गरिएकाे गीतको भिडियो पनि उत्तिकै राम्रो बनेकाे छ । गणेश अधिकारी, सुस्मिता गिरी र सविता पाैडेललाई वियोगान्त मुद्रामा फिचर गरिएकाे छ । सुरेश श्रेष्ठले खिचेका भिडियाेलाई शिव पाैडेलले सम्पादन तथा गणेश अधिकारीले निर्देशन गरेका हुन ।

उक्त गीत ” याेग्सना डिजिटल ” युवट्युव च्यानल मार्फत बजार सार्वजनिक गरिएकाे छ ।