भिमाद सञ्चार

तनहुँ असार ६,

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गरेको छ। सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा अनेरास्ववियुका कार्यकर्ताले सवारी बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासी वृद्धि गरेपछि विद्यार्थीहरूले विरोध गरेका हुन् । सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

सकारले पछिल्लो पटक गराएको मूल्यवृद्धि अनुसार पेट्रोलको प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै यथावत् रहेको बताइएको छ । जसअनुसार पेट्रोललाई नयँ मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्ने भएको छ । डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ भएको छ ।