भिमाद सञ्चार

तनहुँ असार ७
लामो समय देखि पत्रकारीतामा आफ्नो छुट्टै पहिचान बनाएका रवि लामिछानले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक राष्ट्रिय राजनीतिक दल सार्वजानिक गर्दै राष्ट्रिय राजनितीमा आएको घोषण गरेका छन् ।

काठमाण्डौको सभागृह हलमा औपचारिक रुपमा सम्बोधन गर्दै ग्यात अज्ञात सहिदहरु प्रति सम्झना गर्दै कार्यक्रम अगाडी बडाएका हुन् ।

राजनितिक यात्राको सुरुवाता निकै कठिन हुनेछ, टेलिभिजन बाट कार्यक्रम चलाए जस्तो सजिलो पक्कै हुने छैन । यो विचमा देशको अवस्था र विग्रदो परिस्थीतीले मलाई राजनितिमा ल्याएको हो । मैले जति मान्छे रोएको सायद कसैले देखेको पनि छैन होला भन्दै भाबुक भए ।

आम मान्छेहरुको समस्य र मुद्दा एकातिर जहिले पनि समस्यहरु जँहाको त्यही रहीरहेको हुँदा राजनितिमा धेरै हिलो फोहोर हुदाँ हुदैपनि यस क्षेत्रमा आउनै पर्ने भएकोले आफु राजनितीमा होमिएको बताए । देशमा त्यस्ता कैयौ बेतिथीहरु कायमै रहिरहेको को र अस्पताल जस्तो ठाउँमा समेत ठूला वडाको सोर्स र फोर्सले विरामीले बेड पाउने अवस्था सिर्जन हुँदा त्यता  प्रति गम्भीर बनेर आएको बताए ।

उनले भने: हिजोका दिनमा प्रश्न सोध्ने ठाउँमा थिए यही प्रश्न संसद भवनमा पुगेर सोध्ने र अव प्रश्नको जवाफ दिने ठाउँमा आएको छु, लामो समय देखिको पर्खाई पछि राजनितिमा आएको हुँ, म कुनै ब्यवस्था बदाल्न आएको हैन, अवस्था बदाल्न आएको हुँ भन्दै आफ्नो भनाई राखेका थिए ।

देशका विभिन्न राष्ट्रिय राजनितिक दलबाट समेत आह्वान भएको र आफू कुनै पनि दलमा सहभागी नभै आफ्नो छुट्टै नयाँ दल दर्ता गराएर जनताको माझमा जाने बताएका लामिछानेले पुराना राजनितीक दलको मेन स्वीच अफ गर्ने र क्षमता भएका ब्यक्तिलाई आह्वान गर्दै युवालाई प्रथामिकतामा राख्ने समेत बताए ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रि,Right to recall & Right to reject, Digital democracy, परिवारबादलाई पूर्ण रुपमा निषेध र कार्यकता रहितको दल बनाउने भन्दै एजेन्डा अगाडी सारेका हुन् । आफ्नो पार्टीले कुनै पनि उद्योगी, ब्यापारीहरुबाट चन्द पनि नलिने घोषण गरेका छन् ।