गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।

हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन् । त्यही मौकामा शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडिओ सार्वजनिक भएको हो । भिडिओमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।

त्यो भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन् ।

प्रेमीले उनलाई सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइदिएका छन् । फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई खुम्बुमै इन्गेजमेन्ट रिङ लगाइदिएका छन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो । क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’