भिमाद सञ्चार
तनहुँ २०८१ कार्तिक २३

चितावन । मुग्लिनबाट नारायणघाटतर्फ जाँदै गरेको इभी हायस र नारायणघाटबाट मुग्लिनतिर आउँदै गरेको बस आज बिहान ३ बजे आपसमा जुध्दा चार जनाको मृत्यु भएको छ।

चितवनको नारायणघाट मुग्लिन सडक खण्डमा आज बिहान ३ बजे भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा गोरखा आरुघाटका ४१ वर्षीय राजबहादुर गुरुङको परिचय खुलेको र अन्य तीन जनाको सनाखत भैनसकेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ। हायसका चालकको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। JC