भिमाद सञ्चार
तनहुँ २०८२ जेष्ठ ४
भिमाद । भिमाद नगरपालिका ६ स्थित माउण्ट अन्नपूर्ण ई.बो स्कुलमा शुक्रबारे कार्यक्रम अन्तर्गत स्कूल क्याप्टेन र भाइस क्याप्टेनका लागी निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार भएको मतगणनामा बोत्तल चुनाव चिन्हकि उम्मेदवार विद्यार्थी शिला खाण ठकुरीले निकटतम प्रतिद्वन्द्वी किताब चुनाव चिन्हकी उम्मेदवार सरगम वि. क लाई १७५ मत प्राप्त गर्दै ६० मतको अग्रताले स्कुल क्यापटेनमा विजयी भएकि हुन् । भाईस क्यापटेनमा भने बोत्तल चिन्हका उम्मेदवार गौरब श्रेष्ठ विजयी भएका छन् ।

मतदान कार्यक्रम जेष्ठ २ गते शुक्रबार भएता पनि सर्बपक्षिय बैठकले मतगणना आईतबार गणना निर्णय गरेको थियो ।

कक्षा १० का विद्यार्थीले छुट्टै निर्वाचन आयोग गठन गरी संघिय निर्वाचनको झल्को दिने मतपत्र, मतदान पेटिका निर्माण गरि निर्वाचन कार्यक्रम गरेका थिए । क्याप्टेनका लागी ६, भाईस क्याप्टेनका लागि ६ उमेद्वारले छुट्टा छुट्टै चुनाव चिन्ह किताब, पेन, बुक, झोला, छाता र घडि लिएर निर्वाचनमा उम्मेदवारी दिएका थिए । कुल ४३३ जना मतदाता रहेको बिद्यालयमा ४०८ मात्र मत खसेको मतदान अधिकृत जेनिशा गरुङ्गले बताएकी बताईन ।

कक्षा १० को सामाजिक विषयको निर्वाचन प्रक्रिया पाठको प्रयोगात्मक सिकाई विद्यार्थीहरुलाई नेतृत्व विकास, निर्वाचन प्रणाली, जिम्मेवारी बोध र अनुशासन विकासमा सघाउ हुने बारे विद्यालयका भाइस प्रिन्सिपल प्रकाश ढकालले जानकारी गराए ।









