भिमाद सञ्चार
तनहुँ २०८२ श्रावण १३
जिल्लाको भिमाद नगरपालिका वडा नं. ५ मा मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते सन्दीप बि कको स्वास्थ उपचारमा आर्थिक समस्या आए पछि सन्दीप बि क बचाउ अभियान थालनी गरेको छ ।

श्रावण ४ गते साझ ७ बजे भिमादको अल्छी चौतारी नजिकै भिमाद बजारबाट ऋषिङ्ग पाटन तर्फ जाँदै गरेको ग ९ प ८४०९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ग १६ प १६७१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । ग १६ प १६७१ नम्बरको मोटरसाइकल चालक भिमाद ६ जलौदी बस्ने बर्ष १९ का सुरेश नेपाली सोही मोटरसाइकल पछाडी बस्ने भिमाद ३ जलौदीका बर्ष १९ का मदन कुमल र भिमाद ५ दुम्सादी बस्ने बर्ष २६ का सन्दीप बि क बिच एक आपसमा मोटरसाइकल ठोकिदा दुर्घटना हुँदा तिनै जना घाइते भएका थिए । सुरेश नेपाली र सन्दीप बिक हाल उपचाररत रहेका छ्न भने मदन कुमल सामान्य उपचार पछि घर फर्की सकेका छ्न ।

गम्भीर घाइते सन्दिप बि कको हाल सम्म होस खुलेको छैन । टाउको र दुबैवटा खुट्टामा घम्भिर चोट लागेका बि क को भने हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको श्रोतले जनाएको छ ।

घाइते बि क को उपचारमा आर्थिक समस्य देखिए पछि सन्दीप बिक बचाउ अभियान चलाउनु परेको हो । टेक बहादुर नेपाली, हिताङ्ग नेपाली, गोपाल वि.क., मनोज वि.क., पुर्ण वि.क., डेनीस थापा, सागर गैरे, अमृत गैरे, अनिल वि.क. र दुर्गा थापा लगायतका ब्यक्तिहरु अभियानमा लागेका छन् ।
अभियानमा सङ्कलन भएको रु. ८,१०,८८२ (आठ लाख दस हजार आठ सय बयासी रुपैयाँ) पीडित परिवारलाई हस्तान्तरण गरिएको सन्दीप बि क बचाउ अभियानका सदस्य गोपाल बिक ले जानकारी गराए ।









