भिमाद सञ्चार
तनहुँ २०८२ श्रावण ३०
भिमाद । हरेक शनिबार बन्द रहनेगरेका भिमाद बजारका पसल अब साताको सातै दिन खुल्ने भएका छन् । दसैं–तिहार लगायत चाडपर्व नजिकिएसँगै शनिबार पनि बजार खुला हुने भएको हो ।

भिमाद नगर उद्योग वाणिज्य संघले दसैं, तिहार, नेपालसंवत् र छठको अवसरमा श्रावण ३१ गते शनिबार देखि भिमादका सबै पसल खोल्न सूचना गरेको छ ।
उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशन नहुदा सम्मका लागि शनिबार पनि सबै पसल खोलिने संघ अध्यक्ष हस्त बहादुर खड्काले जानकारी दिए । केही वर्ष यता शनिबार बन्द रहनेगरेको भिमाद बजार सातै दिन खुला राख्न उपभोक्तको माग छ । विद्यार्थी र कर्मचारीले शनिबार बिदाको दिन किनमेल गर्न नपाउँदा समस्या हुने गरेको उपभोक्ताको भनाइ छ ।
तर, वाणिज्य संघले भने पसलका कामदारलाई बिदा दिने प्रयोजनका लागि भन्दै केही वर्षयता हरेक शनिबार पसल बन्द गरिरहेको छ ।









