भिमाद सञ्चार

तनहुँ २०८२ भाद्र ४

देव गजमेर
दमौली: तनहुँको रिसिङ गाउँपालिका वडा नं. १ कोईदीम निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध भएको छ । रिसिङ गाउँपालिका वडा नं. १ कोईदीम निवासी क्यान्सर पीडित अम बहादुर थापालाई ३० हजार आर्थिक सहयोग उपलब्ध भएको हो ।

प्रोचुगलबाट छोरी ज्वाँई विनिता थापा र प्रदीप दरैले प्रोचुगलमा बस्ने सम्पुर्ण साथिहरुको सहयोगमा रकम संकलन गरी बाबा नेत्र बहादुर थापा, आमा माया देवी थापा र मिडियाकर्मी देव गजमेर लगायतको सहभागितामा उक्त आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो। क्यान्सर पीडित थापाको घरमै गइ आर्थिक सहयोग हस्तान्तरण गर्दै बाबा नेत्र बहादुर थापाले क्यान्सर पीडित थापालाई आर्थिक सहयोग गरी पुण्य कार्य गरेकोमा छोरी विनिता थापा र ज्वाईं प्रदीप दरै लगायत सहयोगी व्यक्तित्वहरुलाई धन्यवाद दिदै। थापाले थप उपचारका लागि सहयोग गरिदिन र अम बहादुर थापा बचाउ अभियानमा जोडिन सबैमा अपिल समेत गरे ।

छोरी विनिता थापाले “समाजमा जो कोहीलाई पनि समस्या हुने ‘समाजमा आर्थिक समस्या जो कोहीलाई पर्न सक्छ,यस्तो बेला सहयोग गर्नु पर्छ भन्ने उदेश्यले आर्थिक सहयोग गरेको थापाले बताइन् ।

विगत ५ बर्ष देखि क्यान्सर रोगले पीडित थापाको भरतपुर क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ, परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र उपचारमा समस्या भएकोले थप उपचारका लागि देश तथा विदेशमा बस्नु हुने सबैले सहयोग गरिदिन पिडित परिवारले अपिल गरेका छन्।