भिमाद सञ्चार
तनहुँ २०८२ भाद्र २८
अमृत परियार
भिमाद । विशेष परिस्थितिका कारण स्थगित भएको भिमाद नगरपालिकाको नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा अब तोकिएको कार्यतालिका अनुसार सञ्चालन हुने भएको छ। नगरपालिकाको शिक्षा शाखाले जानकारी दिँदै परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

यसैबीच, भोलि मिति २०८२ भाद्र २९ गतेदेखि विद्यालयहरू खुल्ने र सबै कक्षामा पठनपाठन नियमित रूपमा सञ्चालन हुने पनि शिक्षा शाखाले जनाएको छ।
नगरपालिकाले विद्यार्थी, अभिभावक र सरोकारवालाहरूलाई तोकिएको तालिका र समयमा परीक्षा तथा पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ।









