भिमाद सञ्चार

तनहुँ २०८२ कार्तिक २३

दुलेगौंडा । आइतबार साँझ बेलचाैतारामा भएको सडक दुर्घटनामा परी एक महिलाको निधन भएको छ । मृत्युु हुनेमा शुक्लागण्डकी-५ बेलचाैतारा निवासी ३७ बर्षिय देवी पाैडेल रहेकी छिन् ।

दुलेगौंडाबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ क १८४५ नं को मिनि ट्रकले पैदल यात्री पाैडेललाई ठक्कर दिएको थियाे । ठक्कर पाैडेलकाे टाउकाको गम्भीर चाेट लागेपछि जिपि काेइराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्र लगिएको थियाे । अस्पतालमा पुग्दा डाक्टरले पाैडललाई मृत घाेषणा गरेका थिए ।

दुर्घटनामा पश्चात सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका बेलचाैताराका प्रमुख धननारायण श्रेष्ठले बताए ।

@SN