भिमाद संचार
तनहुँ २०८२ पौष २५
फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी संघ तनहुँ अन्तरगत भानु र बन्दिपुर गाउँपालिकाको नयाँ नेतृत्व चयन एवं दोस्रो साधरण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ ।
भेलाले पालिका ईकाइका अध्यक्ष दिपक थापाको अध्यक्षतामा ९ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको हो । जसमा उपाध्यक्षमा अन्जान शाही ,सचिवमा अस्बिन बि क कोषाध्यक्षमा नारायण थापा मगर, चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा नारायण थापा मगर, नारायण राना मगर, सिंह राम बि क, शिव बि क, राम वहादुर बिश्वकर्म र सीता थापा मगर चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी तनहुँका अध्यक्ष अमर भणडारीले विद्यमान उदेश्य संग सम्बन्धित ऐनले नेपालमा उद्योग ब्यावासय गर्न सक्ने अवस्था नरहेको हुदा त्यसमा ब्यावासायीहरु एक हुन आवश्यक रहेको र करको दायरामा नआएका व्यापारी र भारतिय मुलका घरडुकुवाहरुलाई स्थानीय तहबाट आवश्यक कार्वाही गरि नियमन गर्नुपर्ने धारणा राख्नु भयोे ।
भण्डारीले आफू जीवन बिज्ञान गण्डकी प्रदेश प्रमुख समेत रहेको हुँदा बिहानको समय योग र ध्यान बाट कार्यक्रमको पहिलो अंस सुरु भएको जानकारी गराउनु ।









