भिमाद सञ्चार

तनहुँ २०८२ माघ १

भिमाद । शुक्ल गण्डकी नगरपालिका वडा नम्बर ६ खैरेनीटार हलेदिका अम्बर बहादुर थापा मगर ५ दिन देखि बेपत्ता भएका छन् ।

 

शुक्ल गण्डकी नगरपालिका वडा नम्बर ६ हलेदिका ८७ बर्सिय अम्बर बहादुर थापा मगर यहि पौष २६ गते देखि सम्पर्क बिहिन भएका हुन् ।

 

शुक्ल गण्डकी नगरपालिका ६ खैरेनीटारको हलेदि बाट भिमाद आउने क्रममा यहि २०८२ पौष २६ गते शनिबारको देेेेखि हराइरहेको हुदाँ कहिकतै जो कसैले देख्नु वा भेट्टाउनू हुने महानुभावले विशाल थाप मगर ९८४५५२१९६३,९७०४८८४५०० नजिकैको प्रहरी कार्यलय वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७ मा सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गरिन्छ।