भिमाद सञ्चार

तनहुँ २०८२ माघ २४
तनहुँ । पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको  म्याग्दे गाउँपालिका–२ पसलेमा शनिबार स्कर्पियोले ठक्कर दिदाँ पैदलयात्री महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दमौलीबाट पोखरातर्फ जादै गरेको ग २ च  ९४९४ नंम्बरको स्कर्पियोको ठक्करबाट व्यास–२ बालमन्दिर निवासी ५२ बर्षकी जिवन माया  बि.क.को मृत्यु भएको हो ।
म्याग्दे गाउँपालिका–२ पसले स्थित  आफ्न्तको घर गई फर्कने क्रममा उक्त सवारीसाधानले दिदाँ महिला सख्त घाईते भएकी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“महिलाको अनुहार, पेटमा र दुबै  हात खुट्टमा गहिरो चोट  लागेकाले अवस्था गम्भीर रहेकोमा उपचारको क्रममा प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेका हुन् ।”