भिमाद सञ्चार

तनहुँ २०८२ फाल्गुन २३

बागलुङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन् ।
एउटा मात्र निर्वाचन क्षत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेद्वार पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन् ।
पुनले  २२ हजार ८५०  मत प्राप्त गरि विजयी हुंदा उनका प्रतिद्वन्दी हरिकृष्ण श्रेष्ठले  सात हजार ९१९  मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले  ६६७६मत प्राप्त प्राप्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३५२९ मत प्राप्त गरे ।  बाँकी छ । कुल ८६ हजार,३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।