भिमाद सञ्चार

तनहुँ २०८२ फाल्गुन २३

नेपाली कांग्रेसले कर्णाली प्रदेशमा खाता खोलेको छ । दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित भएकी हुन् ।

कांग्रेसकी थापाले १२ हजार ३७१ मत ल्याएर निर्वाचित हुँदा एमालेका रविन्द्रराज शर्मा ११ हजार दुई मत ल्याए ।

तेस्रो भएका रास्वपाका नन्दकिशोर बस्नेतले सात हजार ८७९ मत पाएका छन् । नेकपाका अम्बरबहादुर थापा तीन हजार ८३६ मत पाएर चौथो भएका छन् ।