भिमाद सञ्चार

तनहुँ २०८२ फाल्गुन २३

तनहुँ  । जुम्लाको प्रतिनिधि सभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत पाएका छन् ।

त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८ मतमा चित्त बुझाउन बाध्य भएका छन् । देशभर रास्वपाका उम्मेदवारको विजयी लहर आएका बेला जुम्लामा रास्वपाका विनिता कठायतलगायतको जमानत जफत भएको छ। उनी पुर्व सांसदसमेत हुन् l