भिमाद सञ्चार
तनहुँ २०८२ चैत्र १५, शालिकराम गहतराज,
भिमाद । जन्मदिन मनाउन फजुल खर्च कटौती गर्दै मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ । भिमाद नगरपालिका वडा नं. १, किहुँ काउले घर भएकी हरि माया सार्की विगत २ वर्ष देखि दुवै मृगौला पीडित हुन ।

उनको दुईवटा मृगौलाले काम गर्न छोडेपछि हप्तामा दुई पटक डायलिसिस गरेर कष्टकर जीवन बिताउदै आएकी छन । परिवारको आर्थिक अवस्था कमजोर भएको र ऋणधन गरेर अहिलेसम्म उपचारमा करिब २० लाख रुपैयाँ खर्च भइसकेको बिरामीले बताएकी छ्न ।

भिमाद नगरपालिका वडा नं. ७, पुरानो बजार बस्दै आएका मेडिकल ब्यवसायी ठाडो लाइनमा रहेको भारम स्वास्थ्य क्लिनिकका सञ्चालक हरि थापाले उहाँले आफ्नो छोरा योहान्स थापाको जन्मदिनको अवसरमा मृगौला पीडित हरि माया सार्कीलाई रु ५,५५५ सहयोग प्रदान गरेका छन ।
थापाले लामो समयदेखि विभिन्न बिरामीहरूलाई बाबुको वार्षिकी तथा आफ्नो जन्मदिनका अवसरमा निरन्तर सहयोग गर्दै आएका बताए ।









