भिमाद सञ्चार
तनहुँ २०८३ असोज ८
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने सामुदायिक विद्यालयका शिक्षकलाई निगरानी गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले जारी गरेको निर्देशनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानलगायत जिल्लाका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गरिएको छ।

निर्देशनअनुसार त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गरी स्थानीय तहसँग समन्वयमा आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई शिक्षा नियमावली, २०५९ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न भनिएको छ। मन्त्रालयले उक्त निर्देशन २०८३ असोज ६ गतेको निर्णयअनुसार जारी गरेको पत्रमा उल्लेख छ।









