भिमाद सञ्चार

तनहुँ २०८२ चैत्र २९

तनहुँ  । व्यास नगरपालिका वडा नं ७ सत्रसयमा मादी नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार सुन्दरबजार नगरपालिका वडा नं १३ तुुर्लुङकोट निवासी १८ बर्षिय सुजल दुराको मृत्यु हुन पुगेको हो ।

व्यास ६ शिशाघाट स्थित मामाघरमा आएका दुराको मादी नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । दुरालाई मादी नदीले बगाएर ३ सय मिटर तल पुरयाएको थियो । उद्धार गरी उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।