भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण १
तनहुँमा भूमि समस्या समाधानको प्रक्रिया अघि बढ्यो, १४५ लाभग्राहीको नामावली जिल्ला समितिबाट प्रमाणीकरणका लागि प्रकाशित गरेको छ।

जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले सम्बन्धित स्थानीय तहबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी १४५ जना लाभग्राहीहरूको नामावली जिल्ला समितिबाट प्रमाणीकरण गर्ने प्रयोजनका लागि सार्वजनिक गरेको छ।




नामावली प्रकाशनसँगै जिल्ला समितिबाट गरिने प्रमाणीकरण तथा त्यसपछिका आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रकाशित सूचीउपर कानुनबमोजिम प्राप्त हुने उजुरी वा दाबी-आपत्तिको सुनुवाइ तथा आवश्यक परीक्षणपछि अन्तिम प्रमाणीकरण गरिनेछ।
त्यसपश्चात योग्य लाभग्राहीहरूको अभिलेखीकरण, जग्गा नापजाँच, जग्गा व्यवस्थापन तथा कानुनबमोजिम जग्गाधनी प्रमाणपत्र वितरणका लागि आवश्यक प्रक्रिया क्रमशः अगाडि बढाइने जिल्ला समितिले जनाएको छ।









