भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण ३
चितवन, जलबीरे क्षेत्रमा बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले पुनः सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार तथा उपचारका लागि अस्पताल पठाउने काम भइरहेको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली खटिएर उद्धार कार्य गरिरहेको छ।
दुर्घटनाको कारण तथा घाइतेहरूको विस्तृत अवस्था खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउँदै जाने क्रममा छ।