भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण ३
चितवन, । लगातार वर्षा हुने तथा वर्षा अझ बढ्ने मौसम पूर्वानुमानका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै चितवनको नारायणगढ–मुग्लिङ–काठमाडौं सडक खण्डमा आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।


जिल्ला प्रशासन कार्यालय, चितवनले शनिबार साँझ जारी गरेको सूचनाअनुसार धादिङ लगायत छिमेकी जिल्लाहरू र चितवनमा वर्षा जारी रहने तथा थप वर्षा हुने सम्भावना रहेकाले यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त सडक खण्डमा सवारी आवागमन बन्द गरिएको हो।
प्रशासनले यात्रु तथा सर्वसाधारणलाई यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र जानकारीका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४), जिल्ला आपतकालीन केन्द्र (DEOC–१२३४) तथा जिल्ला प्रहरी कार्यालय, चितवनको सूचना अधिकारीको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।