भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण ७
तनहुँका भूमिहीन सुकुम्बासी तथा दलितलाई साउनको अन्तिम सातादेखि लालपुर्जा वितरण सुरु हुने भएको छ।
सांसद श्रीराम न्यौपानेले भूमि प्रशासन कार्यालय र नापी कार्यालयबाट प्रदान हुने सेवाहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन भूमि व्यवस्था मन्त्री प्रतिभा रावलसँग मन्त्रालयस्तरबाट आवश्यक सहजीकरणका लागि अनुरोध गरेका छन्।
भेटका क्रममा गुठी जग्गाको व्यवस्थित व्यवस्थापन तथा बस्ती विकास भइसकेका सार्वजनिक जग्गाको कानुनी समाधानका विषयमा समेत छलफल भएको सांसद न्यौपानेले जानकारी दिएका छन्।
पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र कानुन मन्त्रालयबीच समन्वय र छलफलमार्फत दीर्घकालीन समाधान खोज्ने विषयमा सकारात्मक छलफल भएको उनले बताएका छन्।









