भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण ८
तनहुँ,  पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको छिर्कने क्षेत्रमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चालकले सवारीको नियन्त्रण गुमाउँदा हाइस सडकको डिभाइडरमा ठोक्किएको थियो। हाइसमा सवार १२ जनामध्ये ८ जना घाइते भएका छन् भने ४ जना सकुशल रहेका छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेले उक्त जानकारी दिएका हुन्।
घाइतेमध्ये ६ जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
लक्ष्मी अस्पताल डुम्रेमा उपचाररत घाइतेहरू:
रमेश क्षेत्री (३२), खजुरा गाउँपालिका–२, बाँके — घाँटी, ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम।
शशीकला अधिकारी (५६), नागार्जुन नगरपालिका–१, काठमाडौं — घाँटी र काँधमा चोट, अवस्था मध्यम।
दयाराम पोखरेल (५५), पोखरा महानगरपालिका–११, कास्की — दाहिने हातमा चोट, अवस्था सामान्य।
तारा सुब्बा (३५), भद्रपुर नगरपालिका–१, झापा — ढाड र कम्मरमा चोट, अवस्था सामान्य।
नवीन खड्का (२७), डुङ्गेश्वर गाउँपालिका–२, दैलेख — ढाडमा चोट, अवस्था सामान्य।
उज्वल यादव (१७), खडक नगरपालिका–४, सप्तरी — सामान्य चोट।
प्रदेश अस्पताल दमौलीमा उपचाररत:
माधव प्रसाद जोशी (२९), जयपृथ्वी नगरपालिका–२, बझाङ — अवस्था सामान्य।
जीवन जोशी (२४), बित्थडचिर गाउँपालिका–८, बझाङ — अवस्था सामान्य।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।