भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण ८
दमौली, तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवा लिँदा सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य गर्न सांसद श्रीराम न्यौपानेले पहल गरेका छन्।
गृह मन्त्रालय र सम्बन्धित विभागसँगको समन्वयपछि थप जनशक्ति, कम्प्युटर तथा उपकरण उपलब्ध गराउने तयारी भएको जनाइएको छ। यससँगै सेवा समय विस्तार र टोकन प्रणाली लागू गर्ने तयारी पनि अघि बढेको छ।
यसबाट तनहुँका सेवाग्राहीले छिटो, सहज र व्यवस्थित सेवा पाउने अपेक्षा गरिएको छ।










