भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण ८
दमौली, — जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार व्यास नगरपालिका–१२ कमलवारीस्थित पृथ्वीराजमार्गमा सरप्राइज सवारी चेकिङ सञ्चालन गरेको छ।
प्रहरी निरीक्षक अमृत लामीछानेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १७ सदस्यीय टोलीले अपराह्न ४:०० बजेदेखि ५:४५ बजेसम्म चेकिङ अभियान सञ्चालन गरेको हो।
अभियानका क्रममा सडक सुरक्षालाई लक्षित गर्दै ओभरस्पिड, मादक पदार्थ सेवन (मा.प.से.), लागुऔषध सेवन (ला.प.से.), सार्वजनिक सवारी चालकलाई ट्राफिक नियमबारे सचेतना, शंकास्पद व्यक्ति तथा वस्तुको जाँच, साथै भाडासम्बन्धी यात्रुका गुनासोसमेतलाई प्राथमिकतामा राखी १७३ वटा सवारी साधनको जाँच तथा चालकलाई आवश्यक सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ।










