भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण ८
पर्वत, पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित मालढुङ्गा–बेनी सडकखण्डमा बिहीबार दिउँसो करिब ३:३० बजे माथिबाट खसेको पहिरोले गुडिरहेको मोटरसाइकल पुरिँदा एक जना गम्भीर घाइते भएका छन्।
मालढुङ्गाबाट बेनीतर्फ जाँदै गरेको लु ४१ प २१५७ नम्बरको मोटरसाइकल पहिरोमा परेकाे हो। दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–४ लामाखेत निवासी ४२ वर्षीय लालबहादुर सुबेदी गम्भीर घाइते भएका छन्।
घाइते सुबेदीलाई उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।










