भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण १२
लमजुङ, । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा गएराति आएको पहिरोले घर भत्किँदा बुबा–छोरीको मृत्यु भएको छ।
पहिरोले घर पुरिँदा एकै परिवारका चार जना पुरिएका थिए। स्थानीयवासी र प्रहरीको संयुक्त उद्धारपछि ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकलाई मृत अवस्थामा फेला पारिएको हो।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार घटनामा पुरिएका अन्य दुई जनाको उद्धार गरिएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।









