भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण १३
दमौली,  तनहुँ प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको चिरान काठसहित एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन १२ गते अस्थायी प्रहरी पोष्ट झापुटारबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा ऋषिङ गाउँपालिका–१ झापुटारस्थित सडकमा रोकिराखिएको ट्र्याक्टर जाँच गरेको थियो


जाँचका क्रममा ट्र्याक्टरमा लोड गरिएको ७०.४२ क्युबिक फिट चिरान काठ फेला परेपछि ट्र्याक्टरसहित काठ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको काठ तथा ट्र्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।