भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण १४
भिमाद , — प्रेस काउन्सिल नेपालले सामाजिक सद्भावमा खलल पुर्‍याउने तथा हिंसा भड्काउने सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।


काउन्सिलका अनुसार ११ सञ्चारमाध्यममा प्रकाशित १४ सामग्रीमध्ये १० मिडियाले निर्देशनपछि सामग्री हटाएका छन् भने एक मिडियाले अझै हटाएको छैन।

यस्तै, दर्ता नभएका सामाजिक सञ्जालका सामग्रीमाथि कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ। साथै, निर्देशन अवज्ञा गर्ने केही मिडियालाई पुनः सचेत गराइएको काउन्सिलले जनाएको छ।