भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण १४
दमौली,  — तनहुँ जिल्ला अदालतले अदालतमा सेवा लिन आउने सेवाग्राही तथा कानुन व्यवसायीका लागि मर्यादित पोशाक अनिवार्य गरेको छ। अदालत प्रशासन शाखाले सूचना जारी गर्दै मर्यादाविपरीतका पोशाक (कुम र घुँडा देखिने) लगाएर अदालत प्रवेश गर्न नपाइने जनाएको हो।


अदालतका अनुसार सेवाग्राहीले शालीन र मर्यादित पोशाक लगाई तारिख तथा अन्य सेवा लिन आउनुपर्नेछ। त्यस्तै, कानुन व्यवसायीले पनि संशोधित लेखापढी व्यवसायी नियमावली, २०५१ बमोजिम तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने उल्लेख गरिएको छ।
अदालतले तोकिएको मापदण्ड पालना नगरेको अवस्थामा अदालत प्रवेशमा रोक लगाइने चेतावनी दिँदै सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।