भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण १५
देवनगर गाउँपालिका–३, कमानचोकमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।

सहमतिअनुसार मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता जनाइएको छ।
यसैगरी परिवारका एक सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, मदरसाको कानुनी हैसियतबारे छानबिन गर्ने र मृतकको स्मृतिमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।









