भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण १५
भिमाद । तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यले जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयको अनुगमन गर्दै सेवाग्राहीका गुनासा सुनेका छन्। कार्यालय प्रमुखहरूसँग भएको छलफलमा सेवा प्रवाहलाई थप सहज, छिटो र पारदर्शी बनाउने विषयमा सहमति भएको जनाइएको छ।
अनुगमनका क्रममा नापी कार्यालयमा अतिरिक्त शुल्क लिएर फिल्ड सेवा दिने गुनासापछि त्यस्तो अवस्था अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। मालपोत कार्यालयले पनि अतिरिक्त शुल्क नलिई पारदर्शी सेवा प्रदान गर्ने जनाएको छ भने राष्ट्रिय परिचयपत्रका लागि हुने भीड व्यवस्थापन गर्न थप उपकरण र जनशक्ति थप्ने तयारी गरिएको छ।
यसका साथै भूमि व्यवस्थापन, लालपुर्जा वितरण, मल तथा ग्यास अभावलगायत जनजीविकासँग जोडिएका विषयमा समेत छलफल भएको छ। जनप्रतिनिधिले जनताका समस्या समाधान र सुशासन कायम गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।