भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण १५
भिमाद , — जिल्ला भूमि समस्या समाधान समिति तनहुँले गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाबाट प्रमाणीकरण भई आएका ११८ जना भूमिहीन लाभग्राहीको नामावली सार्वजनिक गरेको छ।

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण अन्तिम प्रमाणीकरणको प्रयोजनका लागि सार्वजनिक गरिएको हो। उक्त विवरणमा जिल्ला समितिबाट आवश्यक रुजु तथा परीक्षण गर्ने कार्य भने अझै बाँकी रहेको जनाइएको छ।सार्वजनिक सूचीअनुसार आँबुखैरेनी गाउँपालिकाका ४६, बन्दीपुर गाउँपालिकाका ६५ र व्यास नगरपालिकाका सात जना गरी कुल ११८ जना लाभग्राही समावेश छन्। जिल्ला समितिले आवश्यक परीक्षणपछि मात्रै अन्तिम प्रमाणीकरण गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए।